Comments Add Comment

इन्धनको कालोबजारी गर्ने मेहता पक्राउ

Hatkadi२९ माघ, काठमाडौं । प्रहरीले तेल तथा ग्यासको कालोबजारीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

ग्यास र डिजेलको कालोबजारी गर्ने सुनसरी भोक्राहका बालेश्वर मेहता पक्राउ परेका छन् ।

अपराध अनुसन्धान महाशाखाको टोलीले उनले लुकाएर राखेको १५ वटा ग्यास सिलिन्डर र ४ सय ६० लिटर डिजेल समेत बरामद गरेको छ।

मेहताले एक सिलिन्डर ग्यासलाई आठ हजार रुपैयाँसम्म लिने गरेका प्रहरीले जनाएको छ । उनी तिलगंगाबाट पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment