Comments Add Comment

रोनाल्डोलाई पछि पार्दै मेस्सीले किने विश्वकै महंगो कार

Ferrari

काठमाडौं । बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले गत साता विश्वकै सबैभन्दा महंगो कार खरिद गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार उनले लिलाम बढाबढमा आफ्ना प्रतिस्पर्धी फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

मेस्सीले २ करोड ५० लाख पाउन्डमा फेरारी ३३५ एस स्पाइडर स्क्लाग्लेट्टी कार खरिद गरेको डेली मेलमा प्रकाशित समाचारमा जनाइएको छ । प|mान्सको पेरिसमा गत साता सो कारलाई लिलामीमा राखिएको थियो ।

उक्त लिलामीका विषयमा आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा एक २८ वर्षीय फुटबलरले सबैभन्दा ठूलो बोली लगाएर कार लगेको उल्लेख छ । ती फुटबलर को हुन् भन्ने विषयमा तीव्र कौतुहलता उत्पन्न भएको थियो ।

messi

मेस्सीले बिहिबार बिहानै आफ्नो इन्टाग्राम पेजमा एउटा रातो खेलौना कार बोकेर खिचेको तस्वीर इन्टाग्राममा पोष्ट गरे, जसको क्याप्सन लेखेका थिए, मेरो नयाँ कार ।

त्यसैलाई आधार मानेर विश्वको सबैभन्दा महंगो कार खरिद गर्ने फुबटलर मेस्सी रहेको ठहर गरिएको छ । यस विषयमा उनले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment