Comments Add Comment

कबड्डीमा नेपालको पहिलो जित

सन्देश श्रेष्ठ

२९ माघ, गुवाहाटी । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद -साग) को कबड्डी खेलमा नेपालको महिला टिमले पहिलो जित निकालेको छ ।

शुक्रबार भएको दोश्रो खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको हो । गुवाहाटीस्थित नेहरु रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई ४१/११ ले पराजित गर्‍यो ।

यसअघि नेपाली टिमले भारत र श्रीलंकासँग पराजय बेहोरेको थियो ।

राउण्ड रोविनको आधारमा खेलाइएको कबड्डीमा भोलि नेपालले बंगलादेशको सामना गर्नेछ । सबै देशले सबै देशसँग प्रतिष्पर्धा गरिसकेपछि अंकको आधारमा सेमीफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment