Comments Add Comment

भारतसँग राष्ट्रहित विपरित सम्झौता नगर्न ओलीलाई दलहरुको सुझाव

top-leader

२९ माघ, काठमाडौं । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुले भारत भ्रमणमा राष्ट्रहित विपरित कुनै सम्झौता नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओली फागुन ७ गते भारत भ्रमणमा जाने तयारीमा छन् । भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका थिए ।

बैठकमा दलहरुले दुई देशको सम्वन्ध सुधारलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । मधेस समस्याका कारण नेपाल-भारत सम्वन्धमा उतार चढाव आएको भन्दै दलहरुले भारत जानु अघि नै आन्तरिक समस्या समाधान गर्नु उचित हुने बताए ।

बैठकमा दलहरुले राष्ट्रहित विपरित सम्झौता नगर्न सुझाव दिएको कानुनमन्त्री अग्नि खरेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment