Comments Add Comment

अनौठो चटक देखाउने डेढ लाखको बाख्रो

bakhraमानिसले भन्दा पनि उत्कृष्ट स्टन्ट देखाउने गरेको एक पाकिस्तानी बाख्रोको भिडियो अहिले इन्टरनेटमा खुबै भाइरल बनेको छ । रानी नामको उक्त बाख्रो चटक देखाउनमा माहिर छ । बाख्रोको यो चटकले उसका मालिकलाई मालामाल भएको छ र बाख्रो पनि बहुमुल्य बनेको छ ।

२ वर्ष उमेरको रानीले कराँचीको सडकमा चटक देखाउने गर्छ । बाख्रो चटक देख्नेहरु हेरेको हेर्यै हुन्छन् । आखिर त्यस्तो कडा स्टन्ट कसरी गर्न सक्छ एउटा बाख्राले ? वास्तवमा यो बाख्रो तालिम प्राप्त बाख्रो हो । उसका मालिक ओस्मानले उसलाई नियमित रुपमा तालिम दिँदै आएका छन् । नियमित तालीम पाएपछि उसले पर्फेक्ट स्टन्ट देखाउनमा आफुलाई माहिर बनाएको छ ।

ओस्मानका अनुसार उनको रानी बाख्रालाई किन्न चाहनेहरु धेरै छन् । कसैले त यो बाख्रालाई डेढ लाख रुपैयाँ बराबरको रकममा किन्ने प्रस्ताव पनि गरे । तर ओस्मान रानीलाई बेच्न चाहँदैनन् । चाहून् पनि किन ? नियमित चटकबाजी गरेरै यसले थुप्रै धन कमाएको छ । त्यसैले त यो सुनको फूल पार्ने कुखुरीलाई आफ्नै घरको सदस्य जस्तै मान्छन् उनी । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment