Comments Add Comment

प्रधानमन्त्री ओली र मोदीबीच फागुन ८ गते भेटवार्ता तय

Kp oli & modi

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । ओली फागुन ७ गते भारत भ्रमणमा जाँदैछन् ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक जानकारी गराएको छ । ओलीले दिल्ली पुगेको भोलिपल्ट राष्ट्रपति प्रणव मुर्खजी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीका रुपमा ओलीको यो पहिलो भारत भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण ६ दिनको हुनेछ ।

भ्रमणका क्रममा दुई देशको सम्वन्ध सुधारका साथै विकास सहयोग, उर्जा र सडक सञ्जालबारे छलफल हुने भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उपराष्ट्रपतिका साथै राजनीतिक दलका नेताहरुलाई समेत भेट्नेछ । प्रधानमन्त्रीले भारतीय व्यवासायीहरुसँग पनि अन्तरक्रिया समेत गर्नेछन् ।

राष्ट्रहित विपरित सम्झौता नगर्न दलहरुको सुझाव

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुले भारत भ्रमणमा राष्ट्रहित विपरित कुनै सम्झौता नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका थिए ।बैठकमा दलहरुले दुई देशको सम्वन्ध सुधारलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

मधेस समस्याका कारण नेपाल-भारत सम्वन्धमा उतार चढाव आएको भन्दै दलहरुले भारत जानु अघि नै आन्तरिक समस्या समाधान गर्नु उचित हुने बताए ।

बैठकमा दलहरुले राष्ट्रहित विपरित सम्झौता नगर्न सुझाव दिएको कानुनमन्त्री अग्नि खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment