Comments Add Comment

‘कमेडी नाइट्स वीथ कपिल’का सबै भिडियो डिलिट

kapil-sharma

मुम्बई । कलर्स च्यानल र कपिल शर्माविचको विवादका कारण ‘कमेडी नाइट्स वीथ कपिल’ को सम्पूर्ण भिडियो अफिसियल युट्युब पेजवाट डिलेट गरिएको छ । कलर्स च्यानलले उक्त कार्यक्रमको अन्तिम भागको केही दृष्य काटेर प्रशारण गरेको थियो ।

‘कमेडी नाइट्स वीथ कपिल’ भन्दा पहिला कपिलले ‘लाफ्टर च्यालेन्ज, द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज, कमेडी सर्कल लगायतका कार्यक्रममा देखिएका थिए । ती सबै कार्यक्रम युट्युब च्यानलमा सुरक्षित छन् ।

पहिलो पटक यस्तो भयो, जहाँ कार्यक्रमका सबै भाग डिलेड गरियो । कपिलको शोको क्रिएटिभ निर्देशक प्रीति सिमोन्सले कसले किन डिलेट गर्‍यो थाह नभएको प्रतिक्रिया दिईन् । उनले यो पनि भनिन् ‘यसले कपिलका फ्यानलाई खासै फरक पर्दैन किनभने कपिल फेरि नयाँ शो लिएर आउदैछन् ।

कलर्श च्यानलका सिईओ राज नायकले भने कपिललाई टिभीले प्लेटर्फम दिएको दाबी गर्दै कपिलले धोका दिएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment