Comments Add Comment

बेलायतको इन्डिपेन्डेन्ट दैनिक बन्द हुने, अब डिजिटल मात्र

Independent

लण्डन । बेलायतको ३० वर्षदेखि प्रकाशित हुँदै आएको इन्डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट अन सनडे पत्रिका बन्द हुने भएका छन् । यसको अन्तिम अंक मार्चमा प्रकाशित हुनेछ ।

पत्रिकाका मालिक एभगेनी लेबेडेभले पत्रिका बन्द हुने पुष्टि गरेका हुन् । तर, उनले १५० पूर्णकालीन कर्मचारीमध्ये कतिले जागिर गुमाउनेछन् भन्नेबारे केही भनेका छैनन् ।

इन्डिपेन्डेन्ट अन्तिम अंक मार्च २६ को अंक हुने अनुमान गरिएको छ । इन्डिपेन्डेन्ट अन सन्डेको अन्तिम अंक भने मार्च २० मा प्रकाशन हुनेछ ।

पत्रिकाका मालिक एभगेनी लेबेडेभले छिट्टै डिजिटल भर्सन ल्याउने बताएका छन् । उनको परिवारले बेलायतको सञ्चार क्षेत्रमा झण्डै १०० मिलियन पाउण्ड लगानी गरेको छ ।

छापा पत्रिकाको ब्यापार खस्किदै गएका कारण इन्डिपेन्डेन्टले छापा संस्करण बन्द गर्ने निर्णय गरेको हो । छापा बन्द गरेर डिजिटलमा मात्र जाने निर्णय गर्ने यो नै बेलायतको पहिलो राष्ट्रिय अखवार हो ।

यसअघि अष्ट्रेलिया र क्यानडाका दैनिक पत्रिकाले छापा पत्रिका बन्द गरेर डिजिटलमा मात्र जाने निर्णय गरेका थिए ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment