Comments Add Comment

ढाडभरी निलडाम हुने गरी शिक्षकले एक कक्षा पढ्न विद्यार्थी कुटे

आरपी सुवेदी

२९ माघ, नेपालगञ्ज । बाँकेको बैजापुरस्थित एक विद्यालयका शिक्षकले कक्षा १ पढ्ने बालकलाई निर्घात कुटपिट गरेका छन् । बैजापुर-२ भवानियापुरको ब्राइट स्काइ इंग्लिस मिडियम स्कुलका शिक्षक रामकिसन थारुले ६ वर्षीय विद्यार्थी रेशम खत्रीलाई निर्घात कुटेको खुल्न आएको छ ।

Rashem-Khatriशौचालय जानेक्रममा आफूलाई शिक्षकले कुटेको बालक थारुले बताएका छन् । उनको ढाडमा निलडाम छ । विद्यालयमा यातना पाएर घर पुगेका बालक बिरामी भएका थिए ।

शिक्षकले तीन दिन अघि कुटेको भएपनि बालकले डरले नभनेको आमा टेककुमारी खत्रीले बताइन् । ज्वरो नथामिएपछि बालकलाई विहीबार स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो ।

निरन्तर ज्वरो आएको छोरालाई स्थानीय मेडिकलमा लगेर जचाउँदा शरीरभर निलडाम भेटिएको र सोधपुछ गर्दा विद्यालयमा कुटाई खाएको बताएको आमा खत्रीले जानकारी दिइन् ।

घटनाका आरोपी थारुले भने शौचालयमा भएको विद्यार्थीको भिड हटाउन खोज्दा अटेर गरेपछि सामान्य नैसियत दिएको बताए ।

‘मैले हातले मात्रै हानेको हुँ । तर, लाठीले पिटेको भनेर घटनालाई बंग्याउन खोजिँदैछ,’ उनले आफ्नो बचाउ गर्दै भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment