Comments Add Comment

शुक्रबारको टप १० समाचारः तपाईंले छुटाउनु भयो कि ?

आज शुक्रबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. मोहन वैद्यलाई पार्टी अध्यक्ष बनाउन प्रचण्ड तयार

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्षको जिम्मेवारी मोहन वैद्यलाई सुम्पन तयार भएका छन् । तर, मोहन वैद्यले भने अध्यक्ष पदमा भन्दा पार्टीको राजनीतिक कार्यदिशामा जोड दिएका छन् ।

२. नवीना माओवादीकी छोरी, दीपक माओवादी पीडित !

एमालेनिकट अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन जारी छ । यसै सन्दर्भमा अनलाइनखबरले संस्थापन पक्ष र माधव नेपाल पक्षबाट अध्यक्ष एवं महासचिवमा प्रतिस्पर्धा गरिरहेका चारजना विद्यार्थी नेताको पृष्ठभूमि केलाउने प्रयास गरेको छ ।

३. प्रधानमन्त्री ओली र मोदीबीच फागुन ८ गते भेटवार्ता तय

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । ओली फागुन ७ गते भारत भ्रमणमा जाँदैछन् ।

४. प्रधानमन्त्री भारत जानु अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति

प्रधानमन्त्रीको आहृवानमा शुक्रबार तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा सहमति खोज्न कार्यदललाई पुनः सक्रिय बनाउने सहमति भएको छ ।

५. कुवेतमा नेपाली कामदारका कथाः मायाप्रीतिदेखि यौन शोषणसम्म

खाडी मुलुक कुवेत नेपालीका लागि वैदेशिक रोजगारीको केन्द्र बनिरहेको छ । तर, पछिल्लो समय रोजगारीसँगै नेपाली कामदारका कथा-व्यथाको केन्द्रबिन्दु पनि बन्दै छ ।

६. राउटे मुखियालाई प्रधानमन्त्रीले दिए जुत्ता उपहार

Pm-kp-oli-with-Raute

राउटेका मुखियाहरुले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा राउटेहरुले चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखे ।

७. मर्जरबाट निजी क्षेत्रकै ठूलो बन्यो प्रभु बैंक

राष्ट्र बैंकले ल्याएको मर्जर नीतिबाटै प्रभु बैंक निजी क्षेत्रको ठूलो बैंक बन्न सफल भएको छ । शाखा, एटीएम, सेयरधनीको संख्यालगायतमा प्रभु बैंक निजी क्षेत्रका बैंकहरुमध्ये पहिलो नम्बरमा परेको छ ।

८. कामका लागि विदेशिने युवाको संख्या घटेको घट्यै

नेपाली युवाहरु विदेशिएकोमा धेरैले चिन्ता गर्दै आएका छन् । तर, यसलाई सुखद समाचार मान्ने हो भने चालु आर्थिक वर्षमा कामका लागि विदेशिने युवाको संख्या घट्ने क्रम रोकिएको छैन ।

९. ‘नेपालका लागि माल्दिभ्ससँगको खेल ‘फाइनल’ सरह’

साग गेम्स अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपालले शनिबार माल्दिभ्सको सामना गर्दैछ ।नेपाल र माल्दिभ्सबीचको खेल नेहरु स्टेडियममा साँझ ७ः१५ मा हुनेछ ।

१०. फिल्म हेरुन्जेल प्रेमीको हात छाडिनन् नम्रताले

प्रेमलाई ओपन राख्न चाहने नायिका हुन् नम्रता श्रेष्ठ । उनको जीवनमा जतीजना यूवकको प्रवेश भयो, उनले ओपन रुपमा नै प्रेम गरिन् । रेमन श्रेष्ठ हुन् या प्रेम घले वा अहिलेका प्रेमी दावा शेर्पा नै किन नहुन्, नम्रताले ओपन रुपमा नै प्रेम झल्काएकी छिन् ।

र, यो पनि

एक महिला जोसँग उत्तर कोरिया हाँस्छ, गाउँछ र रुन्छ

उत्तर कोरियाका लोकप्रिय समाचार वाचिका हुन्- री चुन ही । ही टेलिभिजनमार्फत परमाणु परीक्षण, रकेट प्रक्षेपण र पश्चिमा देशको नकारात्मक पक्षबारे जानकारी दिन्छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment