Comments Add Comment

बेलायतबाट नेपाल फर्कदा २ करोडको जग्गा गायब !

plotting१ फागुन, काठमाडाैं । बेलायतबाट दुई महिना अघि फर्किएका पाँचवीर राई त्यतिवेला छक्क परे, जतिवेला बानेश्वरमा रहेको आफ्नो जग्गामा दुईवटा घर ठडिएको देखे ।

न त कसैलाई उनले उक्त जग्गा लिजमा दिएका थिए, न त उनका आफन्तले घर बनाउन स्वीकृत लिएका थिए । अपरिचित व्यक्तिहरुले उनको जग्गामा घर बनाइसकेका थिए आजको नयाँ पत्रिका दैनिका समाचार छ ।

घरधनी भेट्दा उनीहरुले आफूहरले उक्त जग्गा खरिद गरेको भन्दै लालपूर्जा देखाए । त्यसपछि राई झन् तनावमा परे ।

२३ वर्ष पहिला किनेको जग्गा उनकै नाममा थियो । करिब दुई करोड मुल्य पर्ने जग्गामा लालपुर्जा अरुकै नाममा देखिएपछि उनले त्यसलाई विश्वास नै गर्न सकेनन् ।

मालपोत कार्यालय गएर हेर्दा उनी आफैँले उक्त जग्गा बिक्री गरेको रेकर्ड देखियो । तर, उनले जग्गा बिक्री गरेका थिएनन् । विदेश भएका बेलामा एक गिरोहले उनको नक्कली नागरिकता र लालपूर्जा बनाएर उअरुलाई नै जग्गा बिक्री गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment