Comments Add Comment

फिफाका पूर्वमहासचिव भाल्कमाथि १२ वर्षे प्रतिवन्ध

jorami valke१ फागुन, काठमाडौं । फिफाले पूर्वमहासचिव जेरोमी भाल्कमाथि फुटबलसवन्धी सम्पूर्ण गतिविधिमा संलग्न हुन नपाउने गरी १२ वर्षे प्रतिवन्ध लगाएको छ ।

फिफाको इथिक्स कमिटीले ५५ वर्षका भाल्कमाथि १ लाख स्वीस फ्राङ्क जरिवाना गरेको छ । विश्वकपको टिकट तोकिए भन्दा बढी मूल्यमा बेचेको आरोप लागेको छ । तर, उनका वकिलले भने आरोप अस्वीकार गरेका छन् र भाल्क निर्दोष भएको दाबी गरे ।

नुसन्धानका क्रममा महासचिव भाल्कलाई गत सेप्टेम्बरमा जिम्मेवारीबाट मुक्त गरिएको थियो । उनलाई निलम्बन गरिएको भने गत जनवरीमा मात्र जानकारी गरिएको थियो, जतिबेला उनीमाथि ९ वर्षको प्रतिवन्ध सिफारिस भयो ।

फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरका विश्वास पात्र मानिएका भाल्कमाथि शुक्रबार १२ वर्ष लामो प्रतिवन्ध घोषणा गरिएको छ । ब्लाटर ८ वर्षे प्रतिवन्धमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment