Comments Add Comment

२१ औ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

maobadi yudda१ फागुन, काठमाडौं । माओवादीहरुले आज २१ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् ।

दिवसको अवसरमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अलग अलग कार्यक्रम आयोजना गरेका छन् ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो ।

१० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १३ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भए ।

हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए । माओवादी पूर्वलडाकुहरू नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङ्ग पनि बनिसकेका छन् ।

तर,  विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको बर्षौं बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै जनता र पार्टी कार्यकर्ता निराश भएका छन् । पछिल्लो समय माओवादीहरुमा आएको फुट र विभाजनका कारण पनि कार्यकर्ताहरुमा थप निराशा थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment