Comments Add Comment

सुशीलजस्तै वीपीको मृत्यु पनि ‘विवादास्पद’


bp koirala

१ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको मृत्युको विषयलाई लिएर कतिपय विवादास्पद प्रश्न उठेका छन् । सुशीललाई समयमै अस्पताल नलगिएको र उपचारमा हेलचेक्र्याइँ भएको कोइराला परिवारबाट गुनासो आइरहेको छ ।

इतिहासतिर फर्केर हेर्दा कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री वीपी कोइरालाको निधनका बेलामा पनि यस्तै विवाद भएको थियो । वीपीको मृत्युपछि कोइरालाहरुले आफूलाई अपमानित गरेको वीपीका डाक्टर सुन्दरमणि दीक्षितले गत साल अनलाइनखबरसँग गरेको कुराकानीमा बताएका थिए ।

दीक्षितका अनुसार काठमाडौंको बत्तीसपुतलीमा वीपी कोइराला बस्थे । त्यहाँ दिउँसो र राति ३/४ पटकसम्म उनी वीपीको स्वाथ्यबारे हेरचाहका लागि जाने गर्थे । त्यसबेला डा. दीक्षित वीर अस्पतालका डाक्टर थिए । वीपीको क्यान्सर दीक्षितले नै पहिचान गरेका थिए ।

एक दिन डा. दीक्षितलाई थाहै नदिई कोइराला परिवारका सदस्यहरुले वीपीलाई वीर अस्पतालमा पुर्‍याए । र, श्वास फेर्ने ठाउँमा चिरे । त्यसपछि हतार-हतार बैंकक लगियो । चिरिएको घाउमा फङ्स इन्फेक्सन भयो र फर्काएर नेपाल ल्याइनपुर्‍याउँदै उनको निधन भयो ।

वीपीको निधनपछि गिरिजालगायत कोइराला परिवारका सदस्यहरुले ‘फङस इन्फेक्सन भएको रहेछ, डा. दीक्षितले रोग पत्ता लगाएन’ भन्दै अपमानित गरेको डा. सुन्दरमणिको गुनासो छ । र, सोही घटनाका कारण दीक्षितले अहिलेसम्म कोइराला परिवारसँग चित्त दुखाइरहेका छन् ।

सुशील कोइरालाको सेवामा लामो समय खटिएका डा. करवीरनाथ योगीमाथि पनि कोइराला परिवारका सदस्यहरुले सुशीलको स्वास्थ्यमा हेलचेक्र्याइँ गरेको आरोप लगाइरहेका छन् । योगीलाई दोस्रो दीक्षित बनाउने प्रयास भइरहेको छ ।

योगी तिनै डाक्टर हुन्, जसले सुशीललाई लामो समयदेखि सेवा गरेका थिए । तर, उनलाई पनि डा. दीक्षितलाई जस्तै कोइराला परिवारले धन्यवाद दिनुको साटो अपमानको ‘पुरस्कार’ दिन खोजिरहेका त होइनन् ?

यो पनि पढ्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment