Comments Add Comment

फिल्म समीक्षाः आदित्य र कट्रिनाको सुन्दर अभिनय

katrina-aditiya

चलचित्रः फितुर

निर्देशकः अभिषेक कपुर

कलाकारः आदित्य राय कपुर, कट्रिना कैफ, तब्बु, लारा दत्त, अदिति राव हैदर, राहुल भट्ट आदि ।

चाल्स डेकसको उपन्यास ‘द ग्रेट एक्सपेक्टेसन्स’ मा आधारित रहेर निर्देशक अभिषेक कपुरले फिल्म बनाएका छन् फितुर । काश्मिरी युवक (आदित्य राय कपुर) र उनका प्रेमिका फिरदौस (कट्रिना कैफ) को प्रेमकथामा आधारित छ यो फिल्म । यस चलचित्रमा बेगम हरजतको भुमिकामा देखिएकी छिन् तब्बु ।

कथा

१३ वर्षको उमेरमा नुरको बेगमकी छोरी फिरदौससँग प्रेम हुन्छ । तर, प्रेममा धोका पाएकी बेगमलाई यो कुरा चित्त बुझ्दैन । उनी छोरीको करिअर बनाउन भन्दै श्रीनगरवाट दिल्ली पठाउँछिन् ।

समयक्रमसँगै नुर पनि फिरदौसको पछि लाग्दै दिल्ली पुग्छन् । दिल्ली पुगेपछि नुर पनि फिरदौसको साथीसंगी संगै रमाउने कोषिश गर्छन् । तर, बेगमको अभियान जारी छ । जसरी पनि यी दुईलाई छुट्याउनै पर्ने मान्यता राख्छिन् उनी । उनको प्रेम सफल हुन्छ या असफल जीत बेगमको हुन्छ या नुरको यो जान्नका लागि हलसम्म जानै पर्ने हुन्छ ।

स्क्रिप्ट

यो फिल्मको सबै भन्दा सुन्दर पक्ष भनेकै स्क्रिप्ट हो । हरेक फ्रेममा निर्देशकले निकै ध्यान पुर्‍याएको देखिन्छ । अमित त्रिवेदीले मान्छेको मन छुने गीत लेखेका छन् । पश्मीना, फितुर, बतियाँ सबै गीत दर्शकलाई राम्रो लाग्छ । हितेश सोनिकको ब्याकराउण्ड म्युजिक निकै राम्रो छ ।

fitoor

अभिनय

तब्बुको अभिनय यति सुन्दर छ । फिल्म हेर्दा लाग्छ यो फिल्ममा तब्बुनै सबथोक हुन् । सामान्य तर, गम्भिर अभिनय गरेकी छिन् उनले ।

आदित्य र कट्रिनाको सानो उमेरको अभिनय गर्ने वालकलाकारले निकै राम्रो गरेका छन् । आदित्य अभिनयमा कति मेहनती छन् हर फ्रेममा देखिन्छ । कट्रिनाको सुन्दरताले पनि फिल्मलाई राम्रो बनाउन भुमिका खेलेको छ । अदिति राव हैदर, अजय देबगण, लारा दत्त, राहुल भट्टको काममा पनि खोट लगाउने ठाउँ छैन ।

कुनै पनि फिल्म सतप्रतिशत ठिक हुन्छ भन्ने छैन । स्क्रिप्टमा राखिएका केही पुराना प्रसंगले फिल्मलाई कताकति बोझिलो बनाउन पनि सक्छ ।

अजय देबगणलाई लिइसकेपछि अली लामो भूमिका दिएको भए राम्रै हुन्थ्यो । अदितिलाई पनि तब्बुको किशोरी अवस्थाका लागि मात्रै प्रयोग गरिएको छ ।

समग्रमा भन्ने हो भने फितुर आफैंमा एउटा राम्रो फिल्म हो । आदित्य कट्रिनाको अभिनय हेरेर मनोरञ्जन लिने दर्शकका लागि मनोरञ्जनको उचित साधन हुनसक्छ फितुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment