Comments Add Comment

भारतले बनायो अढाइ सय ग्रामको बन्दुक

pestol
महिला बन्दुक बनाएको दुइ वर्षपछि भारतले देशकै सबैभन्दा हलुका बन्दुक पनि तयार गरेको छ । भारतले दुइ वर्ष पहिले निर्भिक नामको हाते बन्दुक बनाएको थियो, जसलाई महिलाको लागि लक्षित पहिलो बन्दुक भनिएको थियो ।

भारत सरकारको हतिया उत्पादन कारखानाले हालै निडर नामक २२ क्यालिबरको रिभल्बर उत्पादन गरेको छ । जसको तौल केवल अढाइ सय ग्राम छ । यसको मूल्य ३५ हजार भारु तोकिएको छ । जबकी महिला १ लाख २२ हजार भारु थियो भने तौल आधा किलो थियो ।

यो हलुका बन्दुक आल्मुनियम बाट बनेको छ र स्टिल जत्तिकै बलियो छ ।

निडर र निर्भिक दुबैको अर्थ डररहित भन्ने हुन्छ । यी बन्दुक बोकेपछि मानिसहरु बढि आत्मविश्वासी तथा निडर बन्ने उत्पादक कम्पनीको भनाइ छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment