Comments Add Comment

आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन तयार छु : प्रधानमन्त्री ओली

१ फागुन, विराटनगर । प्रधानमन्त्री केपी ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको बताएका छन् ।

उनले संविधान कार्यान्वयनका लागि पनि राष्ट्रिय सरकार आवस्यक रहेको बताउँदै त्यसका लागि आफ्नै नेतृत्वमा आउन अन्य दलहरुलाई आग्रह गरेका हुन् ।

धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा भाग लिन यती एयरलाइन्सको बिमान चार्टर्ड गरेर विराटनगर पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँगको कुराकानीमा कांग्रेस र मधेसवादी दल राष्ट्रिय सरकारमा आउने दावी गरे ।

प्रधानमन्त्री ओलीले सीमांकन मधेसवादी दलहरुले भने अनुसार भन्दा पनि जनताको भवनाअनुसार हुने तर्क गरे । उनले आफ्नो भारत भ्रमण अघि नै सीमांकनको विषयमा देखिएका समस्या समाधान गर्ने जानकारी दिए । भारत भ्रमणमा मुलुक हित विपरितका कुनै पनि सम्झौता नगर्ने ओलीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment