Comments Add Comment

पाकिस्तानलाई लडाकू जहाज बेच्ने अमेरिकाको निर्णय, भारत आक्रोशित

Operation Iraqi Freedom१ फागुन, काठमाडाैं । पाकिस्तानलाई एफ-१६ लडाकू जहाज बेच्ने अमेरिकी रक्षा मन्त्रालयको निर्णयप्रति भारतले असन्तुष्टि ब्यक्त गरेको छ ।

अमेरिका रक्षा मन्त्रालय पेन्टागनले आतंकबाद विरुद्ध लड्ने पाकिस्तानको क्षमता अभिबृद्धिका लागि करिव ७० करोड अमेरिकी डलरमा आठवटा उच्च प्रबिधियुक्त एफ १६ बेच्न लागेको सार्वजनिक गरेको छ ।

अमेरिकाको यस्तो निर्णयले आतंकबाद कमजोर नहुने भन्दै भारतले चर्को विरोध गरेको छ । भारतीय बिदेश मन्त्रालयले नयाा दिल्लीस्थित अमेरिकी राजदूत रिचार्ड बर्मालाई बोलाएर आफ्नो असन्तुष्टि जनाएको बीबीसीले उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले ट्वीट गर्दै पाकिस्तानलाई आतंकबाद विरुद्ध लड्न भनेर अमेरिकाले लडाकू बिमान दिए पनि त्यसको कसरी उपयोग भएको छ भन्ने बिगतको इतिहास हेर्दा प्रष्ट हुने बताएका छन् ।

पाकिस्तान लामो समयदेखि अमेरिकी हातहतियार र लडाकू बिमानमा निर्भर छ । अर्कोतिर भारतले रुसी उत्पादनहरुलाई बढवा दिादै आएको छ । तर, केही बर्षअघिको अमेरिका-भारतवीचको आणविक सहमझदारीपछि दुई देश नजिकिएका थिए ।

पेन्टागनको पछिल्लो निर्णयले फेरि भारत र अमेरिकावीचको सम्बन्धमा चिसोपन आउने देखिएको छ । बिभिन्न चरणमा भारत र पाकिस्तानवीच युद्ध भएका कारण पनि भारत पाकिस्तानी सैन्य शक्ति बलियो भएको हेर्न चाहादैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment