Comments Add Comment

रिजवान अन्सारी संघीय समाजवादी फोरमबाट निस्कासित

Rizwan-ansari१ फागुन, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीलाई पार्टीबाट निस्कासन गरेको छ ।

पार्टीको हित र नीति विपरित काम गरेकाले अन्सारी र राजकुमार यादवलाई निस्कासन गरिएको फोरम नेपालले जनाएको छ । अन्सारीले आफ्नो नेतृत्वमा संघीय नवविचार समूह बनाएर विभिन्न माग अघि सारेका थिए र सम्बोधनका लागि पार्टी नेतृत्वलाई अल्टिमेटम दिएका थिए ।

संघीय समाजवादी र फोरम नेपालको एकता गर्ने क्रममा पार्टीको विधानमा समानुपातिक समावेशी हटाएको भन्दै उनीहरुले आफ्नो फरक मतबारे छलफल गर्नु पर्ने, पार्टीलाई समावेशी बनाउनु पर्ने र प्रधानमन्त्री चुनावमा भाग लिएकोमा आत्मालोचना गर्नु पर्ने माग गरेका थिए ।

तर, संघीय समाजवादी फोरमले उनलाई नै कारबाही गरेको छ । पार्टीमा छलफलमा आउन बोलाउँदा अनुपस्थित भएको र लिखित स्पटिकरण माग्दा समेत नदिएकाले कारबाही गरिएको उसले बताएको छ ।

नवविचार समूहमा लागेका वीरबहादुर लामा, विश्वदीप लिंगदेन लगायतले लिने लिखित रुपमा नै पार्टीमा रहने बताएको फोरमले जनाएको छ ।

एमालेबाट छुटि्टएर अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन गर्दा अन्सारी पनि प्रमुख नेता मध्ये एक थिए । तर, पछिल्लो समय अशोक राईसँग असन्तुष्ट रहेपनि उनी निष्त्रिmय जस्तै रहेका उनले फोरमसँग पार्टी एकतापछि फेरि पार्टीमा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment