Comments Add Comment

नरेशले प्रियंकालाई गरे भ्यालेन्टाइन विस

Naresh-and-Priyanka

मोहन बस्याल/आरपी सहयात्री

युएई । नायिका प्रियंका कार्कीलाई चर्चित कार्यक्रम प्रस्तोता नरेश भट्टराईले भ्यालेन्टाइन विस गरेका छन् । दुबईको एसियाना होटलको एक क्लबमा आफ्नो नृत्य प्रस्तुत गरेर बाहिरिँदै गरिकी पि्रयंकालाई नरेशले हातै समातेर स्टेजमा ल्याएर भ्यालेनटाइन विस गरेका हुन् ।

स्टेजको बीचमा रहेका नरेशले सुरुमा केहीबेर पि्रयङ्काको व्यक्तित्व र कलाकारिताको प्रशंसा गरे । अन्ततः भ्यालेन्टाइन डेको स्मरण गराउँदै ‘आई लभ यु’ भने ।

सुरुमा अक्कन बक्क देखिएकी प्रियंकाले नरेशले दिएको गुलाफ लिँदै ‘आई लभ यु टु’ भन्दा हल तालीको गडगडाहट र सिटीले गुञ्जयमान भयो । उनीहरुले यस दिनमा सबैले सबैलाई प्रेम गर्नुपर्ने बताए ।

दुबईमा हङ्गामा

प्रेमिल मनहरुको महान् पर्व भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा यूएईमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । फेब्रुवरी १२ को साँझ यूएईको देरास्थित एक होटलको क्लबमा नेपालका चर्चित नायिका, गायिका, गायक तथा उद्घोषकले आआफ्ना रोचक प्रस्तुतिका साथ ‘हङ्गामा’ मच्चाएका छन् ।

Pramod-Kharel

भ्यालेन्टाईन्स डेको अवसरमा क्रियटिभ युथ नेपाल र ग्रीस्मा इन्टरटेन्मेन्टले आयोजना गरेको ‘भ्यालेन्टाइन नाइट-१६’ मा सुगम संगीतका हस्ती गायक प्रमोद खरेलले आफ्नो लोकपि्रय गीत ‘हङ्गामा भो कसम हङ्गामा भो’ प्रस्तुत गर्दै दर्शक नचाएका हुन् । ‘सायद मेरो आँखामा आँसु सुहाउँछ’ बोलको सेन्टिमेन्टल गीत गाएर आफ्नो गायन सुरु गरेका प्रमोदले स्टेजमा रहँदा आधा दर्जन गीत पस्किएर दुबईलाई नचाए ।

उद्घोषक नरेश भटटराईले प्रमोदको नाम उच्चारण गर्ने बित्तिकै नाँच्नका लागि खाली ठाउँ खोजेर उभिएका दर्शकको चाहना बुझेर प्रमोदले ‘म विना कसै कसैलाई’, ‘झुमा ए झुमा’ लगायतका आफ्ना फास्टबिटका गीतहरु प्रस्तुत गरे । उनी स्टेजमा रहुँन्जेल दर्शकहरुले व्यापकका हुटिङ गरिरहे पछि प्रमोदले ‘म विना कसैकसैलाई मुस्किल छ पोखरामा..’ दोस्रो पटक गाउनु पर्यो ।

भूकम्पको पीडा मुन्द्रेले बिर्साए

झन्डै दश बर्षपछि युएईमा कार्यक्रमको सिलसिलमा आएका जितु नेपाल ‘मुन्द्रे’ले आफ्नो स्ट्यान्ड अप कमेडीमा भूकम्पको पीडादेखि सुशील कोइरालाको निधनसम्मका विषयवस्तु समेटे । भूकम्पका बेला भारतीय मिडियाले देखाएको रवैयाप्रति उनले कडा ब्यङ्ग्य गरे ।

UAE

उनले भूकम्पअघि र पछि विवाह, हनिमुन लगायतका कुरामा आएको परिवर्तनका विषयमा आफ्नो प्रस्तुति राख्दा दर्शकले हाँसो थाम्न सकेनन् । उनले नेपाली गीत संगीतमा आएको परिवर्तन, विभिन्न क्षेत्रमा गाइने गीतको शैली समावेश गरी दर्शकलाई मज्जाले हँसाए ।

सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई नेपाली काँग्रेसको अबको नेतृत्वका बारे पत्रकारले प्रश्न गर्दा आउने उत्तरको क्यारिकेचर गर्दा पाँच सयभन्दा बढी दर्शकले खचाखच भएको हलमा हाँसोको फोहरा छुटेको थियो ।

कार्यक्रममा स्पेशल गेस्टको रुपमा आएकी नायिका पि्रयङ्का कार्कीले ‘सुर्के थैली खै..’ लगायतका गीतमा नृत्य प्रस्तुत गरिन् । गायिका आस्था बी. ले ‘मलाई छुँदैन..छुँदैन’ लगायतका गीत गाइन् भने नृत्यंगना आस्मा पाण्डेले म प्यार बेचिदिन्छु बोलको गीतमा नृत्य प्रस्तुत गरिन् ।

नायिकाको गीत र गायकको क्यारिकेचर

रमाइलो वातावरणमा अघि बढिरहेको कार्यक्रममा गायक खरेलले गीत गाउने क्रमकै बीचमा केही गायकका क्यारिकेचर गरे । उनले उदितनारायाण झा, रामकृष्ण ढकालले गीत गाउँदा अपनाउने शैली मिलाएर गीत गाएर सुनाए ।

कार्यक्रममा नायिका कार्कीले आफ्नो नयाँ गीत सार्वजनिक हुन थालेको जानकारी दिँदै चलचित्र ‘चिनो’को ‘माया त माया हो’ बोलको गीतको पहिलो अंश गाएर सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment