Comments Add Comment

मधेसी दलहरुले हारेका होइनन्ः महतो

rajendra mahato

१ फागुन, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको स्वरुप फेरिएको समय सदुपयोग गर्दै मधेस समस्या समाधान गर्नु पर्ने बताएका छन् ।

मधेसी मोर्चाका नेता महतोले नभए चैत्र बैशाखमा घनघोर आन्दोलन हुने चेतावनी दिए । उनले भने-‘यो समयको सरकार र तीन दलले सदुपयोग गरेर समाधान खोज्नु पर्छ । वार्तामा टाईमपास गर्दै टालटुले प्रबृत्तिले आन्दोलन रोकिँदैन ।’

आफूहरु अहिले शक्ति सञ्चयमा लागेको भन्दै उनले भने-‘मधेसी जनता र दलहरु हारेका वा थाकेका होइनन । लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी रहन्छ ।’ महतोले मोर्चाको विस्तार शक्ति सञ्चयको सुरुवात भएको भन्दै अर्को चरणमा संसदमा नरहेका तर, आन्दोलनमा रहेका थारुहट सहितका दलहरुलाई ल्याउने तयारी भइरहेको बताए ।

सद्भावना पार्टीका अध्यक्ष महतोले मधेस आन्दोलनलाई यसरी नै छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुन नसक्ने दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा महतोले भने-प्रधानमन्त्रीको भारत यात्रा यसै छाडेर फलदायी हुँदैन । भारतीय जनताको समर्थन मधेस आन्दोलनमा छ । मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव पाउँछन् ।’

राजनीतिक संयन्त्रको कार्यादेशमा मधेसमा दुई प्रदेश हुनेछ भनि लेख्नु पर्ने अडानबारे सोधिएको प्रश्नमा उनले भने-‘जे गरे पनि हुन्छ तर हामीलाई मधेसमा दुई प्रदेश चाहिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment