Comments Add Comment

महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारत भिड्ने

Women-Football

सन्देश श्रेष्ठ

१ फागुन, भारत । बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटवलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । राउण्ड रोविनको आधारमा नेपाल शीर्ष स्थानमा रहँदै र आयोजक भारत दोश्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

यसअघि नै दुईमा जित र एकमा बराबरी गरेर फाइनल प्रवेश गरिसकेको नेपालले शनिबार श्रीलंकालाई पराजित गरेपछि शीर्ष स्थानमा रहृयो । नेपालले श्रीलंकालाई ४/० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

नेपालका लागि सावित्रा भण्डारीले २ र सपना लामा र मनमाया लिम्बुले एक/एक गोल गरे । नेपालले पहिलो हाफमा एक र दोश्रो हाफमा ३ गोल गरेको थियो ।

यस्तै भारतले बंगलादेशलाई ३-१ ले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गर्‍यो । स्वर्ण पदकका लागि अब नेपाल र भारतको महिला टिमले आगामी सोमबार प्रतिष्पर्धा गर्नेछन् ।

यसअघिका खेलमा नेपालबिरुद्ध भारत हावी हुँदै आएपनि यसै सागको लिग चरणमा भएको खेल बराबरीमा रोकिएर अंक बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment