Comments Add Comment

शनिबारको टप १० समाचारः ओलीको ‘कोसेली’देखि नवयुगको हृयाट्रिकसम्म

आज शनिबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१.  नवयुगको हृयाट्रिकसँग नेपालको नाटकीय जित, १७ वर्षपछि सागको फाइनलमा

नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको छ । र, १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ ।

२. दिल्लीलाई ओलीको ‘कोसेली’: मधेसी मोर्चासँगको सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ गते काठमाडौंमा प्रजातन्त्र दिवस मनाएर साताव्यापी भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । ओली भ्रमणको चाँजोपाँजो मिलाउन लागेका छन् ।

३. छोरीको बिहेमा बाबुरामको भाषणः बू्ढाको कुरा सुन्ने उखान फेरौं

नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘कुरा सुन्नु बुढा’को भन्ने उखान फेर्नुपर्ने बताएका छन् । साथै उनले विवाहबारे सैद्धान्तिक व्याख्या गर्दै ‘विवाह सफल भए मानिस सुखी बन्छ र असफल भए दार्शनिक बन्छ’ भन्ने भनाइको स्मरण गरेका छन् ।

४. काठमाडौं-हेटौडा सुरुङमार्ग चार वर्षमा बन्छ

कैयौं मानिसको लगानी जोखिममा परिरहेका बेला कुशकुमार जोशीले खुट्टा झिकेपछि अब काठमाडौं-हेटौडा सुरुङ मार्ग बनाउने जिम्मेवारी भवन भट्टका हातमा आएको छ ।भर्खरै नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष बनेका भट्टले चार वर्षमा सुरुङ मार्ग बनाइसक्ने दाबी गरे ।

५. बिजुली निकाल्न बूढीगण्डकी थुने फेवाभन्दा ठूलो ताल !

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई आवश्यक पर्ने जग्गाको पहिचान गर्ने काम तीव्र भएको छ ।चालु आर्थिक वर्षभित्रै निर्माण सुरु गर्ने लक्ष्यका साथ पहिलो चरणमा जग्गाको पहिचान गर्ने काम युद्धस्तरमा अगाडि बढाइएको हो ।

६. बाबुरामपुत्रीको बिहेमा भारत र चीनका राजदूतदेखि अख्तियार प्रमुखसम्म

Manusi-And-Jakendra-shrestha

तनहुँका जेकेन्द्र श्रेष्ठ र मानुषी यमी भट्टराईवीच आयोजित ‘स्टेज म्यारिज’मा चीन र भारतका राजदूतका साथै अख्तियार प्रमुख लोकमानसिंह कार्कीसमेत उपस्थित थिए । प्रचण्ड लगायतका दलका नेताहरुलाई भने निम्त्याइएको थिएन ।

७. होटलमा रात काट्न आफ्नै दिदी आएपछि …

एक्कासि उनलाई शुक्रबार फोन आयो । तर, त्यो फोन शनिबार आउनुपर्ने थियो । उनले सेड्युल मिलाएकी थिइन्, हरेक बार कहाँ जाने भनेर । उनी तयार भएकी थिइन्, रुटिनअनुसार जानैपर्ने ठाउँका लागि । उनले मुस्कुराउँदै फोन उठाइन्- हेलो !

८. कोरियामा किन लुक्नु ? फेरि सजिलै फर्कन माैका पाइन्छ !

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र  नफर्केर लुक्ने प्रवृत्ति घट्न सकेको छैन । फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भएपनि समयावधि सकिएपछि त्यहाँ  लुक्नेको संख्या झनै बढेको छ ।

९. मधेसी दलहरुले हारेका होइनन्ः महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको स्वरुप फेरिएको समय सदुपयोग गर्दै मधेस समस्या समाधान गर्नु पर्ने बताएका छन् । मधेसी मोर्चाका नेता महतोले नभए चैत्र बैशाखमा घनघोर आन्दोलन हुने चेतावनी दिए ।

१०. भूकम्प आउनु पहिले नै जानकारी दिने मोबाइल एप

अमेरिकाको क्यालिफोर्नियाका बैज्ञानिकहरुले यस्तो एप बनाएका छन्, जसले भूकम्पबारे सूचना दिन सहयोग गर्नेछ । वर्कले युनिभर्सिटी अफ क्यालिफोर्नियाका अन्र्तगत भूकम्प अनुसन्धान ल्याबका अनुसन्धानकर्ताले यस्तो एप तयार पारेका छन् ।

र, यो पनि

नांगो जिउमा खाना राखेर युवतीले गरिन् पाहुनालाई स्वागत

मोनिका रस्टबोल्ड नामकी ती युवकीले पछिल्ला दिनहरुमा कलेजमा अनेक प्रकारका हर्कत गर्दै आएकी थिइन् । तर यसरी बिकिनी लगाएर जिउमा खाना पस्किन्छिन् भन्ने अनुमान कसैले लगाउन सकेका थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment