Comments Add Comment

जनताको स्वास्थ्यमा खेलवाड गर्नु अपराधः प्रधानमन्त्री

१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धन कमाउनका लागि जनताको स्वास्थ्यमा खेलवाड गर्नु अपराध भएको बताएका छन् ।

KP oliराजनीतिक हस्तक्षेपको चर्चा आफूले धेरै सुनेको भन्दै उनले भने, जनस्वास्थ्यका विज्ञले राज्यको तर्फबाट पाउने प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारी उसको राजनीतिक आस्था, आवद्ध दल वा नाता-पाताको आधारमा हैन दक्षतामा आधारित हुनुपर्छ ।’

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेताको इतिहास र योगदानलाई संस्थागत रुपमै संरक्षण गर्नु पर्ने बताए ।

मनमोहन मेडिकल कलेजलाई लिएर भएको विरोधतर्फ संकेत गर्दै उनले भने, सम्मानित नेताका नाममा रहेका स्वास्थ्य शिक्षा र सेवा जस्ता महान र पवित्र उद्देश्य बोकेका, प्रबुद्ध प्रतिष्ठित व्यक्तित्वहरुबाट मात्र सञ्चालन हुनसक्ने यस्ता संस्थाहरुले आफ्ना गौरब, उद्देश्य र सफलतामा सम्पूर्ण रुपमा केन्द्रीत हुनुपर्छ ।’

उनले कला, साहित्य, सँस्कृति सम्बन्धि विभिन्न प्रतिष्ठानहरु पनि सोही क्षेत्रका प्राज्ञ वा विज्ञको नाममा खोल्दा उपयुक्त हुने धारणा राखे ।

प्रधानमन्त्री ओलीले शिक्षाको गुणस्तरमा कुनै सम्झौता नहुने बताए । उनले भने,-आम्दानी र ओहेादाको हिसावले भनिने “ठूला”का सन्तानले मात्रै डाक्टर/इञ्जिनीयर/प्राध्यापक बन्ने परिपाटी हैन, न्यून आय भएका परिवारका प्रतिभावान सन्तान पनि दक्ष चिकित्सक बन्न पाउने सहज वातावरण हुनुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment