Comments Add Comment

माओवादीहरुको एकता केही हप्ताभित्रैः प्रचण्ड

Prachanda

  • फाइल फोटो

१ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही साताभित्रै माओवादी पार्टीहरुबीच एकीकरण हुने दाबी गरेका छन् ।

यद्यपि माओेवादीहरुलाई एकै ठाउँमा ल्याएर जनयुद्ध दिवस मनाउने आकांक्षा यो पटक पुरा नभएको उनले बताए । जनयुद्ध दिवसको अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने-‘केही हप्ताभित्रै यो प्रयास (एकता)ले मूर्त रुप लिनेछ ।’

आफू एउटै कम्युनिष्ट पार्टी बनाउन हिडेको तर, आफ्नै पार्टी विभाजित भएको भन्दै उनले दुखेसो पोखे । यद्यपि अब मोहन बैद्य, विप्लव, मातृका यादव र मणि थापाले पनि एकताको आहृवान गरेको भन्दै उनले एकताका लागि महिना कुर्नु नपर्ने बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले एमाओवादीलाई अबको दुई वर्षभित्र मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएर देखाउने दाबी गरेका छन् । विगतका कमजोरी र टुटफुटका कारण पार्टी तेस्रो स्थानमा झरेको भन्दै एकीकरण, शुद्धिकरण र सुदृढीकरणको प्रक्रियाबाट पार्टीलाई पहिलो बनाउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment