Comments Add Comment

कट्रिनालाई फकाउँदै रणबीर

ranabir katrina

मुम्बई । अभिनेता रणबीर कपुर कट्रिना कैफसँग बिग्रँदो सम्बन्ध सुधार्ने अभियानमा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनीहरु एक अर्कासँग छुटि्टएपनि आफुहरु छुटि्एको औपचारिक घोषणा भने गरेका छैनन् । अहिले रणबीर कट्रिनालाई फकाउनमा ब्यस्त छन् ।

आफुलाई नछोड्न आग्रह गर्दै रणबीरले कट्रिनाको लागि चुरोट छोड्ने बचन दिएका छन् । त्यसो त केही महिना अगाडि कट्रिनाले रणबीरलाई अष्ट्रेलियामा चुरोट छोडाउन भन्दै उपचार समेत गराएकी थिइन् ।

रणबीरले आमालाई पनि पटक पटक चुरोट छोड्छ भनेर बचन दिए तर, छाडेनन् । पछिल्लो पटक उनले आमा नितुसँग ‘बर्फी’ हिट भए चुरोट छोड्ने आश्वासन दिएका थिए । बर्फी हिट भयो तर चुरोट छाडेनन् ।

यसैबिच कट्रिनाले आजसम्म भ्यालेन्टाइन डे मनाउने अवसर पाएकी छैनन् । उनले समाचार एजेन्सीसँग कुरा गर्दै भनेकी छिन् ‘मैले आजसम्म भ्यालेन्टाइन मनाउन पाएको छैन । भ्यालेन्टाइनको दिन म केबल काममै हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment