Comments Add Comment

लप्पन ६प्पनको निर्देशक बन्ने भइन् दीपाश्री

deepa-shree-niraula

काठमाडौं । चलचित्र निर्मात्री एवं हास्यअभिनेत्री दीपाश्री निरौला अब फिचर फिल्मको निर्देशक बन्ने भएकी छिन् । सरस्वती पूजाको अवसरमा उनको आफुले निर्देशन गर्ने फिल्मको नाम सार्वजनिक गरिन् ।

दीपाश्रीले निर्देशन गर्ने फिल्मको नाम छ ‘लप्पन ६प्पन’ । अघिल्ला दुई सिनेमा छ एकान छ र वडा नं ६ भन्दा लप्पन ६प्पन फरक हुने दिपाको भनाई छ ।

‘हामीले बनाएका अघिल्ला दुई फिल्मको तुलनामा यसको विषय फरक छ । तर पनि हामी दर्शकलाई मज्जाले हँसाउछौं,’ अनलाइनखबरसंग कुरा गर्दै दीपाले भनिन् ।

आमा सरस्वती मुभीज र गितादेवी फिल्मस्को ब्यानरमा बन्ने यस फिल्ममा दीपकराज गिरी, निर्मल शर्मा लगायतको टिम हुने छ ।

हाँस्य टेलिश्रृङ्खला तीतो सत्यको निर्देशक सहयोगी रहँदै आएकी दीपाश्रीको निर्देशकका रुपमा लप्पन ६प्पन डेब्यु फिल्म हो । यसअघि दीपाले छ भने माया छपक्कै लाईदेउ निर्देशन गर्ने कुरा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment