Comments Add Comment

पानीको साटो रक्सी पिएर १ सय ७ वर्ष बाँचे यी पुरुष

Antonio-Docampo-Garciaपानी वास्तवमा जिवहरुको जिवनदायिनी तत्व नै हो । पानी नपिइकन मानिस धेरै दिन बाँच्न सक्दैन । तर एकजना मानिस भने पानी नै नपिइकन १ सय ७ वर्षसम्म बाँचेका छन् ।

सुन्दैमा पत्यारै नलाग्नु स्वभाविकै हो । तर उत्तर पश्चिम स्पेनको विगो सहरका एक व्यक्तिले आफ्नो जिवनकालभर नै पानी पिएनन् र हालै १ सय ७ वर्षको उमेरमा उनको निधन भएको छ ।

आखिर पानी पिएनन् भने उनले के बाट पानी लिए त ? हो, उनले पानीको साटो रक्सी पिए ।

समाचार अनुसार उनले आफ्नो जिवनकालमा कहिल्यै पनि खाली पानी पिएनन् । उनले पानी पिनुका साटो आफै बनाएको अर्गानिक रेड वाइन पिए र तिर्खा मेटे । उनले घरमै बनाएको रेड वाइन दिनको ४ लिटर सम्म पिउँथे ।

एन्टोनियो डोक्याम्पो गार्सिया नामका ती व्यक्ति १ सय ७ वर्षसम्म बाँचे ।

जिन्दगीभर पानी नपिने र पानीको ठाउँमा रक्सी पिउने मानिस पनि यति धेरै बाँच्दोरहेछ । यो तथ्यले मदिरापानका कारण मानिसको छिटै मृत्यु हुन्छ भन्ने तथ्यलाई कतै गलत त सावित गरिरहेको छैन ? तर जे होस् उनी धेरै बाँचे भनेर धेरै रक्सी खानु चाहीँ भएन है ।

वास्तवमा एन्टोनियोको पेशा नै वाइन बनाउनु थियो । उनले वर्षमा ६० हजार लिटर जति वाइन उत्पादन गर्थे र त्यो मध्ये तिन हजार लिटर त आफैले पिउँथे । अरु बाँकी रेड वाइन बेचेर पैसा कमाउँथे ।

उक्त रेडवाइन पूर्णरुपमा रसायन मुक्त तथा अर्गानिक हुन्थ्यो । हुनत उनी मात्र होइन । धेरै स्पेनीहरुमा रेडवाइनप्रति निकै आशक्ति पाइन्छ । रेडवाइनको सेवनले रगतको कोलेस्ट्रोल सामान्य हुने र क्यान्सरको त्रासबाट पनि मुक्त होइने विश्वास उनीहरुमा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment