Comments Add Comment

राष्ट्र बैंकले अाज १० अर्ब तरलता उठाउँदै

NRB-Photo२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट आइतबार फेरि ९० दिनका लागि १० अर्ब रुपैया“ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले यसमा सहभागि हुन दिउसो ३ अनलाइनमार्फत गोप्य बोलकबोल गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

संस्थाहरुको गरेको बोलकबोलका आधारमा व्याजदरको निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण्ढा व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए ।

मधेस आन्दोल र भारतीय नाकाबन्दीका लगानीको वातावरण नबन्दा बैंकहरुमा पैसा थुप्रिएको हो । बैंकहरुसँग पैसा फालाफाल भएपछि जथाभावी लगानी हुनबाट नियन्त्रण गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण गरि निक्षेप संकलन गर्दै आएको छ ।

चालू आर्थिक वर्षमा मात्रै राष्ट्र बैंकले पटक–पटक गरि ३ खर्ब रुपैयाँभ्न्दा बढी निक्षेप उठाइसकेको छ । आइतबार उठाएको निक्षेप आगामी जेठ १ गते फिर्ता गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment