Comments Add Comment

जन्मदिनमा सुष्मा कार्कीः मेरो प्रेमले खुशी दिएन, सिंगल हुँदा झन् बढी आनन्द’

sushma-karki
आज प्रणय दिवस, अर्थात प्रेम गर्नेहरुका लागि खास दिन । नायिका सुष्मा कार्कीले यो दिनमा आफ्नो जन्मदिन मनाउँदै आएकी छिन् । प्रेम दिवसकै  दिनमा जन्मिएकी यी सुन्दरीको जीवन प्रेममय तरिकाले  वितेको अनुमान धेरैले लगाउन सक्छन् ।

तर, सुष्मा कार्की आफ्नो प्रेम जीवन निरश भएको बताउँछिन् । जन्मदिनमा साथीभाई र आफन्तसँग रमाइलो गर्ने योजना बाहेक उनीसँग अरु केही छैन । २ बर्ष अगाडि सुष्माले जन्मदिनमा केक काट्नका लागि ढिलो गरिन् । जसको कारण थिए, उनका पूर्व प्रेमी निरन । तर, यसपटक उनीसँग न त निरन छन् न त अरु कोही नै । स्पेशल साथी कोही नभएपनि उनी अहिले झन् बढी खुशी छिन् ।

उनले आजसम्म कुनै पनि बर्ष प्रेम दिवसलाई स्पेशल रुपमा मनाएकी छैनन् । उनले भनिन्-‘मलाई लाग्दैन, प्रेमी हुँदा खुशी लाग्छ । मलाई केही पनि फरक पर्दैन ।’ अहिले त आफू त्यो भन्दा बढी खुशी भएको वुझाई छ उनको । उनले भनिन्-‘म सिंगल हुँदा धेरै नै खुशी छु ।’

प्रेमी नुहँदा झन् आनन्दको अनुभुती गरिरहेकी सुष्मालाई लाग्छ, अहिले उनी व्यस्त बनेकी छिन् । काममा अवरोध गर्ने कोही पनि छैन । जतिबेला उनी निरनसँग प्रेममा थिइन्, जतिबेला उनलाई काम गर्नका लागि धेरै वाधा थियो । समाचारमा आए जस्तै सुष्मालाई पहिरन लगाउनदेखि चलचित्र खेल्न पनि प्रेमीकै अनुमती लिनु पथ्र्यो । तर, अहिले आफूले चाहेजस्तो काम गर्न पाएको वुझाई उनको छ ।

उनले भनिन्-‘मैले कहिले पनि प्रेम गर्दा खुशीको पल महशुश गर्न पाइन । दिनका दिन झगडा हुन्थ्यो, त्यस्तोलाई माया भनिदैन । सायद, गलत मानिससँगको संगतले पनि होला, म प्रेमका बिषयमा त्यती सकारात्मक छैन ।’

सुष्माले अगाडि भनिन्-‘भएर पनि नभए जस्तो थियो मेरो प्रेम । हामी लामो समय लिभिङ टूगेदरमा बसेको भन्ने चर्चा भएपनि त्यस्तो थिएन । म उसको परिवारसँग बस्थेँ । मलाई मेरो घरमा आउन पनि उसको अनुमती लिनु पथ्र्यो । घरमा आउँदा उसको पिटाई खानुपथ्र्यो । अब, मैले त्यो पीडाको पल बिर्सिसकेको छु, यसैले संझन चाहन्न ।’

सुष्माले आफ्नो जीवनमा कोही पनि नभएको र अहिले प्रेम गरेर भूल गरेको जस्तो लाग्ने बताइन् । अहिले आफूले कामको बारेमा मात्र सोच्न थालेको उनको भनाई छ । प्रेमबाट अलग भएपछि आफूलाई कामको अफर अझ धेरै आएको उनले सुनाइन् ।

जन्मदिनमा उमेर खुलाउन सुष्माले मानिनन् । उनलाई हाम्रो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment