Comments Add Comment

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको तिक्तता हट्छ : नेम्वाङ

Subash-Nembang२ फागुन, इलाम । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच देखिएको तिक्तता मेटिएर जाने बताएका छन्र ।

प्रेस चौतारी इलामले अाइतबार  इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी, तिक्तता र अविश्वास अन्त्य भएर जाने विश्वास व्यक्त गरे ।

“प्रधानमन्त्रीको भारत भ्रमणका बेला कस्ता–कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने संसद्मा छलफल हुने भएको छ”, नेता नेम्वाङले भने – “भ्रमणले देशको सर्वाेपरी हित र समृद्धि चाहेको छ ।” 

नाकाबन्दी हटेर अहिले मुलुक सहजतातर्फ उन्मुख भइरहेको बताउँदै उहाँले भूकम्प आयो गयो, नाकाबन्दी आयो गयो तर त्योसँग जुध्न हामी सकेनौँ, अब त्यस्ता अप्ठारासँग जुध्ने गरी तयार हुनुपर्छ – उनले अाग्रह गरे ।

“संविधानमा चित्त नबुझेमा संशोधन गर्दै जानुपर्छ । भारतले पनि १२२ पटक संविधान संशोधन गरेको छ । संसद्को बैठकले हालै १९० वटा कानुन संशोधनमार्फत निर्माण गरिएको जनाउँदै उहाँले असन्तुष्टिलाई संशोधनमार्फत अघि बढाइने बताए । उनले जिल्लाको विकासका लागि सबै राजनीतिक दल एकढिक्का हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment