Comments Add Comment

‘जंगे’को ‘सलल’ गीतमा सुरज र शिखा, हिट हुनसक्छ संगीत र शब्द

suraj-richa-and-shikhaवैशाख १७ गतेदेखि रिलिज हुने चलचित्र ‘जंगे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सलल’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार सुरज सिंह ठकुरी र शिखा शाहीलाई फिचरिङ गरिएको छ ।

अहिले नेपाली चलचित्रमा ट्रेलर भन्दा पहिला गीत सार्वजनिक गर्ने प्रचलन बढ्दै गएको छ । यही ट्रेन्डलाई समात्दै ‘जंगे’ निर्माण यूनिटले पनि यो गीत सार्वजनिक गरेको हो ।

अल्मोदा उप्रेतीको संगीत तथा स्वर रहेको यो गीतमा मनास राजको शब्द छ । राजेन्द्र राजबाहकको नृत्य निर्देशन रहेको यो चलचित्रमा सुशन प्रजापतीको छायांकन, उज्ज्वल ढकालको सम्पादन छ । चलचित्रलाई उत्कल थापाले निर्देशन गरेका हुन् ।

चलचित्रको यो गीतको म्यूजिक र शब्द दर्शकको मुखमा झुण्डिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment