Comments Add Comment

अशिष्माको पहिलो प्रेमः १० कक्षामा प्रपोज, ६ बर्षपछि टुट्यो

ashisma-nakarmi
नायिका अशिष्मा नकर्मीको पहिलो प्रेम १० कक्षा पढ्दा नै भयो । १० कक्षा पढ्दा एक अपरिचित यूवकले उनलाई कार्ड पठाएर प्रपोज गरेका थिए । कार्डमा उनलाई ‘आई लभ यू’ लेखिएको थियो र फोन नम्बर पनि छाडिएको थियो । अशिष्माले उनलाई आफूले मन नपराउने जवाफ फोनबाट दिइन् । उनलाई प्रपोज गर्ने यूवकका मामाले कार्ड ल्याइदिएको र उनीसँग आफू डराउने भएकाले पनि कार्ड लिएको अशिष्माले खुलाइन् ।

प्रेम दिवसको अवसरमा अशिष्माले अनलाइनखबरसँग भनिन्-‘ मैले फोन गरेपछि उसले पनि कलर आइडीबाट मेरो नम्बर थाहा पायो । यसपछि निरन्तर फोन गर्न थाल्यो ।’ अशिष्माको मन पनि करिब १ बर्षपछि पग्लियो र उनले पनि उनलाई ‘आई लभ यू टू’ भनिदिइन् ।

करिब ६ बर्ष बसेको प्रेम विभिन्न कारणले गर्दा टुट्यो । प्रेम गरेपछि अशिष्मा र उनका प्रेमी एकसाथ अमेरिका गएका थिए । तर, दुबै जना फरक-फरक यूनिभर्सिटीमा पढ्थे । अमेरिकामा रहँदा नै अशिष्माको प्रेम टुट्यो र उनी पढाई सकेर नेपाल फर्किइन् ।

जब प्रेम दिवस आउँछ अशिष्मालाई आफ्नो पहिलो प्रेम याद आउँछ । उनले भनिन्-‘उ प्रति मेरो सम्मान र इज्जत अहिले पनि छ । उसले मलाई प्रेम दिवसकै दिनमा कार्ड पठाएर प्रपोज गरेको थियो । यसैले पनि उसको याद आउँछ ।’

अब उ अरु कसैको भैसकेकाले आफूले फोन गरेर विस नगर्ने अशिष्माले खुलाइन् । नेपाल आएपछि अशिष्माले एक जना यूवकलाई खुबै मनपराइन् । तर, ती यूवकले उनलाई ‘नो’ भनिदिए । विविध कारणले गर्दा उनले मन पराएको यूवकलाई पाउन सकिनन् ।

अशिष्मा अहिले एक्लै छिन् । चलचित्र ‘संरक्षण’को छायांकनका क्रममा हेटौडामा रहेकी अशिष्मा आफू एरेन्ज म्यारिज को पक्षमा रहेको बताउँछिन् । तर, कहिले उनलाई पनि थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment