Comments Add Comment

१७ जना एसपीको सरुवा (सूचीसहित)

२ फागुन, काठमाठौं । प्रहरी प्रधान कार्यालयले १७ जना एसपीको सरुवा गरेको छ । काठमाडौं परिसरका एसपी विश्वराज पोखरेललाई प्रहरी कर्मचारी प्रशासनमा पठाएको छ भने उनको स्थानमा प्रद्युम्न कार्कीलाई ल्याइएको छ ।

nepal police capएसपी घनश्याम अर्याललाई केन्दि्रय प्रहरी विषेश कार्यदलबाट जिल्ला प्रहरी कार्यलय कास्की पोखराको जिम्मेवारी दिएको छ । मोरङमा कर्मचारी प्रशासनका सन्दिप भण्डारीलाई पठाएको छ ।

पोखराका हरीबहादुर पाललाई महानगरिय दंगा नियन्त्रण गर्ण काठमाडौं ल्याइएको छ भने मोरङका तारणि प्रसाद लम्साललाई सिआइवी पठाएको छ । बाँकेका एसपी बसन्तकुमार पन्त प्रहरी प्रधान कार्यलयको युनशाखामा आएका छन् भने उनको स्थानमा टेकप्रसाद राई गएका छन् ।

त्यस्तै भोजजंग शाह जिल्ला प्रहरी कार्यलय बर्दिया, इश्वरबाबु कार्की १ नंम्बर गण, उत्तमराज सुवेदी महानिरिक्षकको सचिवालय, मुकुन्दराज आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, गोविन्दराम परियार राष्ट्रिय सुरक्षा परिषदको सचिवाल सिंहदरवार, सुदिप गिरी केन्द्रिय प्रहरी विषेश कार्यदल र पुर्णचन्द्र जोशीको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर सरुवा भएको छ ।

पे्रमहादुर मल्ल १ नंम्बर गणबाट कानुन शाखामा सरुवा भएका छन् भने मसाउद आलम खाँ विषेश ब्युरो पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment