Comments Add Comment

कांग्रेस महाधिवेशनको उदघाटन समारोह खुलामञ्चमा

Congress-Flag२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह खलामञ्चमा हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको कांग्रेसको पदाधिकारीको बैठकले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा गर्ने निर्णय गरेको हो ।

यसअघि रंगशालामा गर्ने तयारी थियो । तर, अब खुलामञ्चमा हुने तय भएको मञ्च व्यवस्थापन समितिका संयोजक नविन्द्रराज जोशीले जानकारी दिए । बन्दसत्र भने भृकुटीमण्डपमा गर्ने निर्णय गरेको छ ।

मञ्च व्यवस्थापन समितिले यसअघि दशरथ रंगशालामा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको थियो । खुलामञ्च रंगशालाभन्दा बढी सुरक्षित र उपयुक्त भएको पदाधिकारी बैठकको निष्कर्ष छ ।

बैठकले महाधिवेशनमा मतदानका लागि विद्युतीय उपकरण प्रयोग गर्ने/नगर्ने बारेमा भने कुनै निर्णय गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment