Comments Add Comment

तामिलनाडुमा चर्चा, आकाशबाट के खस्यो ?

meteorite-kill-man

२ फागुन, काठमाडौं । तामिलनाडुको भेल्लोर शरमा एउटा इन्जिनियरिङ कलेज परिसरमा केहि दिनअघि आकाशबाट रहस्यमय वस्तु जोडदार आवाजका साथ खस्यो । यो विस्फोटले जमिनमा खाल्डो पार्‍यो भने नजिकका भवनहरुका झ्यालका सिसा चर्किए । पार्किङमा रहेका बसहरुका सिसा फुटे भने एक ट्रक ड्राइभरको मृत्युसमेत भयो ।

यो घटनाको कोही पनि प्रत्यक्षदर्शी थिएनन् । यद्यपि, विष्फोटपछि सबैभन्दा पहिले पुग्नेमा इन्जिनियरिङ कलेजका प्रिन्सिपल एक थिए ।

उनले द हिन्दूसित भने-‘म त्यतिबेला अफिसमा थिएँ । हामीले एक मिनेटसम्म कलेजका भवनहरु थर्थराएको महसुस गर्‍यौं । सबै विद्यार्थी तथा फ्याकल्टी मेम्बर बाहिर आए । बाहिर बुङबुङ धुलो उडेको थियो । यो विष्फोट यति ठूला थियो कि पानीको ट्याङ्की नै फुट्यो र पानी पिउन गएको ड्राइभर मारियो ।’

तामिलनाडुकी मुख्यमन्त्री जयललिताले आकाशबाट खसेको उल्कापिण्डका कारण ड्राइभर मारिएको बयान दिएकी छन् ।

यद्यपि, वैज्ञानिकहरुले उनको भनाईलाई पुष्टी गरिसकेका छैनन् । अनुसन्धानमा संलग्न एक टोलीले आकाशबाट खसेको पत्थर उल्कापिण्ड हुन नसक्ने जनाएको छ । सो पत्थरलाई लिएर आएका अन्य रिपोर्टहरु विरोधाभासयुक्त छन् ।

कसैले १० किलोको एउटा सिसा जस्तो देखिने कालो पत्थर प्रहरीले बरामद गरेको बताएका छन् । कोही भन्छन्, त्यो हातमा हटाउने नीलो रंगको सानो पत्थर थियो । वैज्ञानिकहरुले घटनास्थलको जाँचबुझ गर्नुका साथै उक्त उत्थरलाई अनुसन्धानका लागि लगेका छन् ।

meteorite

नासाका उल्का पिण्ड विशेषज्ञ डेरेक सीअर्सले भेल्लोरमा खसेको यो पत्थरको फोटो देखेका छन् । उनी भन्छन्, ‘यहि तस्बिरका आधारमा मात्रै केहि भन्न सकिँदैन । यद्यपि यसैको कारण मानिसको मृत्यू भएको हो भने पक्कै पनि ठूलो आकारको थियो होला ।’

उक्त पत्थर उल्कापिण्ड नै हो भन्ने विषयमा वैज्ञानिकहरु ठहरमा पुग्न नसकेको उनको भनाइ छ । आकाशबाट उल्कापिण्ड खस्नु आम कुरा भएको वैज्ञानिकहरु बताउँछन् । यद्यपि यो प्रायजसो समुद्र वा प्रदुषणरहित क्षेत्रमा खस्ने गर्छ ।

डा. सिअर्स भन्छन्, ‘शहर वा वस्तीको बीच उल्कापिण्ड खस्नु असाधारण घटना हो । सन् १००० भन्दा अगाडि चीनमा उल्का पिण्ड वृष्टी हुँदा ५-६ जना मारिएका थिए ।

तामिलनाडुमा खसेको वस्तु हवाइजहाजको शौचालयबाट खसेको मानव मल पनि हुनसक्ने कतिपयको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment