Comments Add Comment

डाक्टर भक्तमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

bhakta-man-shreshtha२ फागुन, काठमाडौं । चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध पदमा बहाल रहँदा पदीय जिम्मेवारीको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

श्रेष्ठविरुद्ध १ करोड ६७ लाख ५७ हजार एक सय रुपैयाँ माग दावी गरिएको छ । श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment