Comments Add Comment

मिक्स रिले ट्रायथलनमा नेपाललाई रजत

SAG-1२ फागुन, सिलोङ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को दशौं दिन नेपालले ट्रायथोलनमा रजत पदक जितेको छ ।

गुवाहाटीमा आज भएको मिक्स्ड रिले ट्रायथोलनमा नेपालले रजत पदक जितेको हो । नेपालका यामकुमारी घले, हिमाल टमाटा, रोजा केसी र रुद्र कटुवालको समूहले निर्धारित दुरी १ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै रजत पदक जितेका हुन् ।

यस स्पर्धामा भारतको समूहले १ घण्टा २४ मिनेट ३१ सेकेण्डमा पार गर्दै स्वर्ण जित्यो । त्यस्तै श्रीलंकाको समूहले १ घण्टा ३२ मिनेट ०५ सेकेण्डमा पार गर्दै काश्य पदक जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment