Comments Add Comment

विदेश पठाइदिने भन्दै ठगी गर्ने गुरुङ पक्राउ

ram-gurung-thag२ फागुन, काठमाडौं । राम्रो काममा विदेश पठाइदिने बाहानामा ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

रोहित गिरीसँग दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा अदालतबाट समेत जरीवाना र कैद तोकिएका राम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

सुनसरी हाँसपोसा घर भएर भएका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगार कसुर मुद्दामा गुरुङलाई वैदेशिक रोजगार न्यायाधीकरणले १ लाख ५० हजार रुपैयाँ जरीवाना र १ वर्ष ६ महिना कैद तोकेको थियो ।

गत मंसिरमा न्याधीकरणरणले गुरुङबाट पीडित गिरीलाई २ लाख ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

उनले गिरीसँग १ लाख ७० हजार रुपैयाँ लिएर ठगी गरेका थिए । प्रहरीले गुरुङलाई काठमाण्डौं जिल्ला अदालतमा पेश गरेर कैदका लागि केन्द्रीय कारागारमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment