Comments Add Comment

सरकारले को कसको मान्छे चिन्दैन, काम मात्र चिन्छः प्रधानमन्त्री

KP oli, press chautari Nepal

२ फागुन, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले कर्मचारीतन्त्रमा काम पन्छाउने र ठूला पदका व्यक्तिहरुसँग डराउने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

परियोजना विकास सम्झौता कार्यन्वयन सम्बन्धी ५ दिने तालिमको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारकी कर्मचारीले निर्भिकताका साथ काम गर्नु पर्ने बताए । उपसचिव सहसचिवसँग डराउने, सहसचिव सचिवसँग डराउने, सचिव मुख्यसचिवसँग डराउने गरेको भन्दै उनले भने, आफु इमान्दार बन्न सके कसैसँग डराउनु पर्दैन ।’

सरकारले को कर्मचारी कसको मान्छे नचिन्ने भन्दै उनले भने, यो सरकारले कुन कर्मचारीको कसलाई भोट दिएको थियो ? को कसको नजिकको थियो भन्ने होइन, उसको काम मात्रै चिन्छ ।’

विकास निर्माणको सवालमा सीडीयोको भूमिका कमजोर देखिएको प्रधामन्त्री ओलीको गुनासो थियो । उनले भने, ‘सीडीओले झगडा मिलाउने मात्रै होइन, जनतालाई विकास निर्माणको बारेमा पनि बुझाउनुपर्छ ।’

सरकारी कर्मचारीमा काम भन्दा सेवा सुविधा खोज्ने प्रवृति बढेको उनको आरोप थियो । ‘त्यसमा पनि राजनितिक नियुक्ति पाएकाहरु कार्यलय पुग्ने वितिकै सेवा सुविधा के छ ? कस्तो गाडी छ, खोज्ने गर्छन् । अनि कसरी विकासको काम हुन्छ ? ओलीको प्रश्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment