Comments Add Comment

संविधानलाई पटक-पटक आक्रमण प्रयासः उपप्रधानमन्त्री केसी

२ फागुन, गुल्मी । उपप्रधानमन्त्री एवं गरिवी निवारण तथा सहकारी मन्त्री चित्रबहादुर केसीले नेपाली जनताको चाहनामा देशमा नयाँ संविधान जारी भएसँगै संविधानलाई पटक पटक आक्रमण भएको बताएका छन् ।

Chitra-Bahadur-Kcगुल्मीको बामेमा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री केसीले अरुले भने झै गरी संविधान निर्माण नगर्दा देशले लामो समय नाकाबन्दीको मार खेप्नु परेको बताए ।

मन्त्री केसीले सरकारका कारण यस्तो अवस्था आएको नभई छिमेकीले नै देशलाई असहज बनाएको सबै नेपालीसामु छर्लंग भएको बताए ।

अन्तरक्रियामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष जीवन शर्मा लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment