Comments Add Comment

कोहलपुरमा कृषि यन्त्रहरूको प्रदर्शनी हुने

Hate-tektar२ फागुन, काठमाडौं । कृषि विकास मन्त्रालयले फागुन २३ गतेदेखि दोस्रो राष्ट्रिय कृषि यन्त्रहरुको प्रदर्शनी गर्ने भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघसँगको सहकार्यमा मन्त्रालयले बाँकेको कोहलपुरमा ५ दिने राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी गर्ने भएको हो ।

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मन्त्रालय र संघले कृषि उपकरणको प्रयोगलाई प्रबर्द्धन गरी कृषि उपज बढाउन सहयोग पुगोस् भनेर प्रदर्शनी गर्न लागेको जानकारी दिएका छन् ।

‘कृषिमा यान्त्रिकीकरण पद्धति अपनाऔं, कृषकको उन्नति गरौं’ भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा एक सय भन्दा बढी कृषि औजार र उपकरण राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment