Comments Add Comment

क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सञ्चार प्रतिष्ठानको संयोजकमा लम्साल

२ फागुन, काठमाडौं । क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सञ्चार प्रतिष्ठानको आइतबार सम्पन्न पहिलो भेलाले ३७ सदस्यीय प्रतिष्ठान सम्मेलन आयोजक समिति चयन गरेको छ ।

Sanchu,-Basu-and-Ramesh
सन्चु ब्लोन, बासु पोख्रेल र रमेश लम्साल (बायाँबाट क्रमशः)

समितिको संयोजकमा राष्ट्रिय समाचार समितिका रमेश लम्साल छन् ।

सहसंयोजकमा रेडियो थाहासञ्चारकी सन्चु ब्लोन र गोर्खापत्रका बासु पोख्रेल चयन भएका छन् ।

राष्ट्रिय महिला आयोगको सभा हलमा आयोजित भेलाले सर्बसम्मत प्रतिष्ठान सम्मेलन आयोजक समिति चयन गरेको हो ।

क्रान्तिकारी पत्रकार संघले ७ वटै प्रदेशमा सम्मेलन सम्पन्न गरिसकेको छ । राष्ट्रिय सञ्चार प्रतिष्ठानलाई प्रदेश संगठन सरहको मान्यता दिइएको छ ।

यही फागुन ७ र ८ गते राजधानीमा हुने क्रान्तिकारी पत्रकार संघको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

क्रान्तिकारी पत्रकार संघको स्थापना १५ माघ ०६१ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment