Comments Add Comment

पुस्तक प्रदर्शनीमा ४५ लाखको कारोबार

२ फागुन, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा एघार दिनसम्म चलेको पुस्तक प्रदर्शनी ४५ लाख मूल्य बराबरका पुस्तकहरु बिक्री भएका छन् । प्रदर्शनी एक लाख जनाले अवलोकन गरेका छन् ।

Book-Mela‘पढौं र पुस्तक संस्कृतिको विकास गरौं’ भन्ने मूल नाराका साथ गत २१ माघबाट सुरु भएको तेस्रो पुस्तक प्रदर्शनी आइतबार सकिएको छ । प्रदर्शनी संयोजक एवम् साहित्यकार पुण्यप्रसाद प्रसाईंले आफूले सोचेभन्दा बढीले प्रदर्शनीबाट लाभ लिएको बताए ।

अवलोकनकर्ताले सबैभन्दा धेरै फिक्सन, सेल्फहेल्थ, आत्मकथा र जिवनी सम्बन्धी पुस्तक बढी किनेको प्रसाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment