Comments Add Comment

राष्ट्रको नेतृत्व अब माओवादीले गर्छ: प्रचण्ड

Prachand

  • प्रशिक्षणलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष  प्रचण्ड । तस्बिर: प्रचण्डको सचिवालय

२ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले अब राष्ट्रको नेतृत्व माओवादीले गर्ने दाबी गरेका छन् । संविधान बनेपछि पार्टी नेतृत्वले लिएको पहलकदमीबाट देशभर एमाओवादीमा नयाँ रक्त सञ्चार पैदा भएको र जनताले पनि एमाओवादीलाई राजनीतिक शक्तिका रुपमा लिएको उनले दाबी गरे ।

‘राजनीतिमा लिएको पहलकदमीले जनतामा आशा जगाइदिएको छ, त्यसलाई संगठनमा रुपान्तरण गर्नुपर्छ,’ आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘अहिले सरकारमा पहल आएको छ । राष्ट्रको नेतृत्व गर्ने अब माओवादीले नै हो । जनताले पनि एमाओवादीलाई नै राजनीतिक शक्तिका रुपमा लिएको छ ।’

जातीय-क्षेत्रीय मोर्चा समन्वय समितिद्वारा आयोजित प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

वैचारिक र सांगठनिक एकताले पार्टी मजबुत हुने भन्दै उनले सबै माओवादी एक भए जनता पनि माओवादीप्रति एक हुने उनले विश्वास व्यक्त गरे ।

मधेसका जनताको वास्तविक मुक्ति एमाओवादीले मात्र गर्ने भन्दै उनले तराईमा भ्रम पारेर आफ्नो स्वार्थसिद्ध मात्र गर्न खोजेकाहरुप्रति सबै सचेत हुनुपर्ने धारणा राखे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र भएको स्पष्ट पारे । प्रचण्डले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हो, कुनै सन्धी र सम्झौता गर्न होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment