Comments Add Comment

मधेसी र जनजातिको संयुक्त लडाइँका लागि उपेन्द्र यादवको अपील

Upendra-yadav

२ फागुन, हङकङ । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजाति समुदायलाई मधेसीसँग मिलेर अधिकारको लडाइँका लागि आहृवान छन् ।

नेपालका प्रथम शहीद लखन थापा मगरको १३९औं स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले हङकङमा गरेको अन्तक्रिर्यालाई सम्बोधन गर्दै नेता यादवले उत्पीडित समुदायलाई ‘फुटाउ र राज गर’ को नीति सरकारले अख्तियार गरेकोले मधेशी र जनजाति सँगै मिलेर संघर्षलाई उत्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताएका हुन् ।

‘मधेशी र जनजाति समुदायको उत्पीडिन, समस्या, दुःख र माग उस्ता उस्तै छन्’,- मिलेर संघर्षमा उत्रिने बेला आइसकेको भन्दै अध्यक्ष यादवले भने, ‘विभेद र उत्पीडन विरुद्धको जारी संघर्षमा दुवै समुदाय मिल्नै पर्छ ।’

अबको आन्दोलन हिमाल, पहाड र तराईबाट एक साथ उठ्ने दाबी नेता यादवको छ ।

हिमाल, पहाड र तराईको समान पीडा बुझेर नै आफूहरुले तीन वटा पार्टी मिलेर एकता गरेको उनले बताए । ‘हामीले हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन चाहेका छौं तर कांग्रेस र एमाले लगायतका पार्टीहरुले विभिन्न समुदायको एकता र सद्भावलाई खण्डित गर्न चाहन्छन् ।’- उनले भने ।

परिवर्तनको आडमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताधारी एमालेसहित विभिन्न दलहरुले विगतमा राजा फर्काउने खेलमा लागेको उनले आरोप लगाए । उनले भने, ‘गणतन्त्रलाई संस्थागत गर्न परिवर्तन विरोधी कुनै पनि षड्यन्त्रलाई हामी सफल हुन दिन्नौं ।’ मोर्चाको निर्णय बेगर विरगञ्ज सीमा नाका षड्यन्त्रमूलक ढंगले बलप्रयोग गरी खुलाइएको दाबी गर्दै उनले व्यक्तिगत स्वार्थमा लागेका र मिसन वा भिजन नभएका नेताहरुले गर्दा देशको अवस्था यस्तो आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment