Comments Add Comment

सरस्वती युथ क्लबलाई हराउँदै आर्मी सेमिफाइनलमा

२ फागुन, हेटौंडा । नेपाल आर्मी हेटौडामा जारी सुमन भम्जन अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबारको खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराउँदै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । आर्मीको जितमा खेलको २१ औं मिनेटमा विकास तामाङले एकमात्र निर्णायक गोल गरे ।

अब फाइनल प्रवेशका लागि आर्मीले घरेलु टोली एफसी हेटौडासँग फागुन ५ गते खेल्ने छ । प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी र भारतको कञ्चनजंघा क्लबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार नगद पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment