Comments Add Comment

आइतबारको टप १० समाचारः तपाईंले छुटाउनु भयो कि ?

आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. मेरी श्रीमतीः रमिला आएपछि मैले दोस्रो जन्म पाएँ

Hari Bansha Acharya (7)

हामीले देखेका-सुनेका पनि छौँ, दोस्रो बिहेपछि घरमा झगडा बढेको, आमा र सन्तानबीच मन नमिलेको, आमाले सन्तानलाई हेला गरेको । यस्तो भयो भने त घर नर्क नै हुन्छ, सम्हालिनसक्नुको हुन्छ । यो डर र चिन्ता मलाई पनि नभएको होइन । मैले एक किसिमले जुवा नै खेलेको हुँ ।

२. प्रधानमन्त्री ज्यू ! दिल्ली गएर यी चार काम गर्नुहोला !

निजी क्षेत्रले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल र भारतवीच देखिएका गम्भीर आर्थिक मुद्दाहरु सल्टाउनका लागि उच्चस्तरीय छलफल गर्न लिखित सुझाव दिएको छ । अहिले नेपाल र भारतबीच धेरै आर्थिक मुद्दाहरु रोकिएर बसेका छन् ।

३. क्याम्पसभित्र कण्डम बाँड्न पुगेका डाक्टरमाथि हातपात

भ्यालेन्टाइन दिवस मनाउने भनेर आयोजना गरिएको कार्यक्रममा कण्डम प्रदर्शन गरिएपछि आरआर क्याम्पसमा आइतबार तनाव भयो । विद्यार्थीको एउटा समूहले कार्यक्रममा सहभागी हुन पुगेका राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमा कार्यरत डा. सुशील कोइरालामाथि हातपात गरेका छन् ।

४. प्रजातन्त्र आएपछि श्रीमतीलाई पिट्न छाडेँः मदनमणि

९४ वर्षमा हिँडिरहेका मदनमणि र ९० वर्षमा टेक्दै गरेकी रीताले जति दाम्पत्य प्रेमको गहिराईलाई सायदै कसैले नापेका होलान् । यो सम्बन्धभित्र आयामलाई उनीहरूले जति सायदै कसैले महसुस गरेका होलान् ।

५. ‘आकर्षक ठाउँ’मा काज खटिएका ५८ कर्मचारीको सरुवा रोकियो

‘आकर्षक’ मानिने सरकारी कार्यालयहरुमा काजमा खटिएका अधिकृत तहका ५८ जना कर्मचारीहरुमाथि सामान्य प्रशासन मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको छ । कारवाहीमा पर्नेहरु सबै महालेखा नियन्त्रक कार्यालय (मलेनिका) का छन् ।

६. वाह नवयुग ! जसले नेपाललाई दिलाए चमत्कार शैलीको जित

माल्दिभ्सविरुद्ध शनिबारको खेल नेपाली फुटबलप्रेमीले लामो समय याद राख्नेछन् । नेपालले ‘लडाकु शैली’मा फुटबल खेल्दै माल्दिभ्सको मुखबाट जित खोसेर लियो । यसका सूत्रधार थिए २५ वर्षीय स्ट्राइकर नवयुग श्रेष्ठ ।

७. तीन दल र मधेसी मोर्चाबीच सम्वाद भएन

प्रधानमन्त्री केपी शर्मा ओली भारत जानु अघि नै सहमति गर्ने भन्दै उठेका तीन दल र मधेसी मोर्चाबीच सम्वाद नै हुन छोडेको छ । ओलीको आहृवानमा शुुक्रबार बालुवाटारमा भएको वार्तामा कार्यदल स्तरमा गृहकार्य गर्ने र ३ गतेसम्ममा सहमति गर्ने समझदारी भएको थियो ।

८. नवीना र दीपकका नाममा एमाले नेता विभाजित

अनेरास्ववियुको राष्ट्रिय सम्मेलनको बन्दसत्र लम्बिँदै गर्दा नेतृत्वका दाबेदारहरुले आ-आफ्नो पक्षमा शक्ति प्रदर्शन गर्न थालेका छन् । सम्मेलन लम्बिएपछि आर्थिक चलखेल र होटल खर्चसमेत बढेको छ ।

९. आमेषको बिहे प्रस्ताव अस्विकार गरिन् नीताले

करिब ४ बर्षदेखि प्रेम सम्बन्धमा रहेका नव-नायक आमेष भण्डारी र नायिका नीता ढुंगानाविच तत्काल बिहे नहुने भएको छ । फागुन २१ गते चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ चलेपछि बिहे गर्ने सोच बनाएर आमेषले नीतालाई आज बिहान बिहे प्रस्ताव राखेका थिए ।

१०. भारतलाई हराउँदै वेष्ट इन्डिज पहिलो पटक यु-१९ विश्व च्याम्पियन

बंगलादेशमा सम्पन्न यु १९ विश्वकप क्रिकेटको उपाधि वेष्ट ईन्डिजले जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई पाँच विकेटले हराउँदै वेष्ट ईन्डिज पहिलोपटक यु १९ विश्व च्याम्पियन बनेको हो ।

र, यो पनि

पानीको साटो रक्सी पिएर १ सय ७ वर्ष बाँचे यी पुरुष

पानी वास्तवमा जिवहरुको जिवनदायिनी तत्व नै हो । पानी नपिइकन मानिस धेरै दिन बाँच्न सक्दैन । तर एकजना मानिस भने पानी नै नपिइकन १ सय ७ वर्षसम्म बाँचेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment