Comments Add Comment

पारस खड्का अस्पताल भर्ना, आन्द्रामा समस्या

Paras-Khadka

१६ फागुन, काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आन्द्रामा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या देखिएपछि खड्का शुक्रबार नर्भिक पुगेका थिए । उनको उपचारमा संग्लग्न चिकित्सक मधु घिमिरेका अनुसार पारसको आन्द्रामा इन्टेस्टाइनल अब्स्ट्रक्सन (आन्द्रामा हुने अवरोध) देखिएको छ ।

उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । ‘पेटमा समस्या भएपछि अस्पताल आएको हुँ, चिकित्सकले अपरेसन गर्नुपर्दैन भनेका छन् ।’ पारसले अनलाइनखवरसँग भने ।

उनको स्वास्थ्य समस्याबारे बिस्तृत रिपोर्ट दुई दिनपछि आउनेछ भने त्यतिबेलासम्म उनी अस्पतालमै रहने नर्भिक अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment