Comments Add Comment

देउवाको जितपछि अब नेपाली कांग्रेस सरकारमा जानु ठीक कि प्रतिपक्षमै बस्नु ठीक ?

Sherbahadur Deuba

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले कांग्रेसको कमाण्ड सम्हालेलगत्तै अब केपी ओली नेतृत्वको सरकार हेरफेर हुने हल्ला चल्न थालिसकेको छ । देउवा आफैं पनि सत्ताप्रति निकै लालायित नेता मानिन्छन् ।

तपाईको विचारमा अब नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा कस्तो भूमिका खेल्नु उपयुक्त हुन्छ ? उसले सरकारमा सहभागी हुनु ठीक कि प्रतिपक्षमै बस्नु ठीक ? यसबारे आफ्नो मत व्यक्त गर्नुहोला ।

१. नेपाली कांग्रेस पहिलो ठूलो दल भएकाले यसैको नेतृत्वमा सरकार गठन हुनु प्राकृतिक न्यायको सिद्धान्त अनुरुप हुन्छ । त्यसैले अब कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर संविधानको कार्यान्वयनमा जुट्नु उचित हुन्छ ।

२. कांग्रेसले अहिल्यै सरकारमा ध्यान दिनुहुँदैन । अर्को चुनावसम्म ऊ प्रतिपक्षमै बस्नुपर्छ  र संविधान कार्यान्वयनलाई सघाउनुपर्छ । ओली नेतृत्वको सरकार भर्खरै गठन भएकाले चाँडो सरकार फेरबदल गर्दा राम्रो सन्देश जाँदैन ।

३. कांग्रेसको नेतृत्वमा सरकार बनाउने वा प्रतिपक्षमा बस्ने दुबै खेलमा नलागी अहिलेकै सरकारमा कांग्रेसले सहभागिता जनाउनु र ओली सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिनु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment